इलाम। निकै लामो प्रयास र प्रतिक्षा पछि जिर्मलेबासीले एम्बुलेन्ससेवा पाएका छन् । गैर आवासीय सलकपुर समाज काठमाण्डौले एम्बुलेन्स उपलब्ध गराएपछि जिर्मले र सलकपुर बासी हर्षित भएका छन् ।
समाजले संकलन गरेको रकम मा नपुग भएको रकम रु ३ लाख ५० हजार रुपैया रोङ गाउपालिका इलामले सहयोग गरी एम्बुलेन्स खरिद भएको समाजका सचिब दलबहादुर योन्जनले बताए । ‘बिशेष गरी सलकपुर बासीकै प्रयासमा एम्बुलेन्स ल्याइएको हो, सचिब योन्जनले भने,– ‘एम्बुलेन्स नहुदा गाउमा भएको दुर्घटनाको घाइतेले उपचार पाउन नसकेको जस्तो अवस्था नआओस भन्ने हाम्रो चाहाना हो’ ।
सलकपुर स्थीत मोतीराम माध्यमिक बिद्यालयको प्राङगडमा आयोजित कार्यक्रममा गैर आवासीय सलकपुर समाजका अध्यक्ष मणि दोर्जे तामाङले रोङ ६ का वडा अध्यक्ष मणिकुमार स्याङाबोलाई एम्बुलेन्स र सो को साचो हस्तान्तरण गरेका थिए ।
एम्बुलेन्स हस्तान्तरण गर्दै समाजका अध्यक्ष तामाङले सलकपुरमा जन्मेर कामको सिलसिलामा सलकपुर बाहिर रहेकाहरुले जन्म भुमिलाइ सम्झेर गरेको यो प्रयासले स्थानीयलाइ सहयोग पुग्ने अपेक्षा राखेका छन् ।
त्यसैगरी एम्बुलेन्स को चाबी समाउदै रोङ गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष स्याङबोले एम्बुलेन्सले सलकपुरमा मात्र नभइ नभइ समग्र वडाभरी नै र आवस्यकता अनुसार नेपाल भरी नै सेवा पु¥याउने बताए । उनले समृध्द समाजको निर्माणको लागि सहकारीमा आबध्द हुन आग्रह गर्दै नया बर्षको शुभकामना ब्यक्त गरे ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमकै सन्दर्भमा सलकपुर क्षेत्रका ७० बर्ष उमेर पार गरेका ४९ जना जेष्ठ नागरिकलाइ गैर आवासीय सलकपुर समाजले दोसल्ला ओडाएर तथा जलपान गराएर सम्मान गरेको थियो । ३ बर्ष अघि जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भएर सञ्चालनमा रहेको सो समाजले मिसन एम्बुलेन्स भन्ने अभियान सञ्चालन गरेर सहयोग रकम संकलन गरी एम्बुलेन्स खरिद गरेको थियो ।