धनकुटा । क्यामरुनी टोली दाउफिन्स एफसी यहाँ जारी १४औँ सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

हावाहुरी र पानीका कारण स्थगित खेल आज बिहान पुनः खेलाइएको थियो । जसमा मोरङको विन्दाबासिनी एफसीलाई २–० गोलले पराजित गर्दै दाउफिन्सले फाइनल यात्रा तय गरेको हो ।

खेलको १७औँ मिनेटमा दाउफिन्सका पेटंगाले गोल गरेर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको इन्जुरी समयमा एभ्रेल इनामेले अर्को गोल गर्दै जीत निश्चित गरे । खेलको म्यान अफ दी म्याच यानिक वोआना घोषित हुँदै नगद ५ हजार पाउन सफल भए ।

गोल्डकपको अन्तिम सेमिफाइनल खेल आजै हुनेछ । जसमा बिर्तामोड युनाइटेड एफसीले सशस्त्र प्रहरीको एपीएफ टीमसँग खेल्नेछ । गोल्डकपको विजेताले नगद ४ लाख पाउनेछ ।