वि.सं. २०७६ साल जेठ ६ गते, सोमबार, इश्वी सन् २०१९ मे २० तारिख, शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, तिथि– द्वितीया, २६ः०५ बजेउप्रान्त तृतीया, नक्षत्र– ज्येष्ठा, २७ः२९ बजेउप्रान्त मूल, योग– शिव, १२ः३८ बजेउप्रान्त सिद्ध, करण– तैतिल, १४स्०७ बजेदेखि गर, २६ः०५ बजेउप्रान्त वणिज, आनन्दादिमा पद्म योग, चन्द्रराशि– वृश्चिक, २७ः२९ बजेउप्रान्त धनु, सूर्योदय– ५ः१५ बजे, सूर्यास्त– १८ः४७ बजे र दिनमान ३३ घडी ५२ पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ः सहयोगीहरूले काममा साथ दिनेछन्, बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, विपरीत लिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, मानसम्मानमा बृद्धि हुनेछ, आजको शुभ अंक १० रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ः आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ, मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ, चोटपटकको सम्भावना छ, आजको शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) ः प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन सक्छ, प्रेमीबाट आवश्यक सहयोग मिल्नेछ, समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपाईको मुल्याङ्कन हुनेछ, आजको शुभ अंक १ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ, देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ, आजको शुभ अंक २ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ः विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ, घरायसी वातावरणमा केही धमिलोपन आउने छ, विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ः परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ, पारिवारिक जमघटमा मन रमाउनेछ, स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, शुभ कुराको संकेत मिल्नेछ, आजको शुभ अंक ३ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) ः महत्वपूर्ण काममा ध्यान दिनु होला, आजको दिन तेती राम्रो छैन, बोलीमा विचार पुराउनु होला, बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ः यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ, जिबन साथीसँगॅ मन मुटाब हुन सक्छ, आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, पारिवारिक किचलो हुनेछ, बोलीमा विचार गर्नु होला, आजको सुभ अंक ८ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ः बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला, साझपख सुधार हुनेछ, आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ, पारिवारिक जीवन सामान्य रहने छ, आजको शुभ अंक ४ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) ः परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ, विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ, आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) ः बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ः रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ, रोकिएका कामहरु बन्ने छन्, स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ, सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।