फिदिम । पाँचथर र इलामको सरमिावर्ती वजार फाल्गुनन्द गाउँपालिका–५ स्थित घुर्विसे पञ्चमी बजारमा एक युवक कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।
बाहिरबाट ताल्चा लगाइएको अवस्थामा स्थानीय अन्दाजी ३५ वर्षीय युवक सुरेन लिम्बूको शव भेटिएको हो । सुरेन वुधबार दिउँसो १ बजेदेखि हराइरहेको वताइएको छ ।
उनी केही दिन अघिमात्र वैदेशिक रोजगार दक्षिण कोरियाबाट फर्किएको स्थानीय विनोद आङदेम्वेले बताउनुभयो ।
उनकी श्रीमतीले केही दिन अघिमात्र अर्कैसँग विवाह गरेको बताइएको छ । दिउँसोबाट हराएका लिम्बूको खोजी गर्ने क्रममा साँझ ६ः३० बजेको समयमा बन्द कोठामा शव भेटिएको हो । घटनास्थलमा अहिले प्रहरी पुगेर अनसन्धान गरिहेको छ ।