बिर्तामोड। सामाजिक कार्यमा अग्रसर रहँदै आएको लायन्स क्लब अफ बिर्तामोड सिटीले बिहीबार एक विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ । झापाको दुर्गम क्षेत्र अर्जुनधारा-१ भिमलेमा रहेको भिमले आधारभूत विद्यालयका विद्यार्थीलाई क्लबले सामग्री प्रदान गरेको हो ।

क्लबका अध्यक्ष नीरज ओलीका अनुसार विकट क्षेत्रको सो विद्यालयका ७० जना विद्यार्थीलाई कापी तथा डटपेन वितरण गरिएको हो । क्लबले एक हजार थान कापी र डटपेन दिएको थियो । क्लबले पानी चिसो भइरहने चार थान पिउने पानीको जारसमेत प्रखान गरेको थियो ।
क्लबकै संयोजनमा दृष्टि आँखा अस्पतालको तर्फबाट निःशुल्क आँखा तथा कान परीक्षण गरिएको थिया ।

दुईजना चिकित्सक र प्राविधिकसहितको टोलीले सोही विद्यालयका विद्यार्थी र स्थानीयको आँखा र कानको जाँच गरेको क्लबका प्रवक्ता हिमाल खरेलले जानकारी दिए । स्वास्थ्य शिविरबाट एक सयजनाले आफ्नो आँखा र कानको परीक्षण गरेक थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा-१ का वडा अध्यक्ष गजाधर खतिवडा, क्लबका अध्यक्ष ओली, रिजलन अफिसर सत्यनारायण शर्मा, जोन चियरपर्सन ओमकृष्ण बिमली, स्थानीय सुरेन्द्र आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल, बिमली, लेडी लायन्सकी अध्यक्ष उर्मिला बिमली खरेल, महिला उद्यमी निरु उप्रेती ओली, हरिप्रसाद घिमिरे, माधव आचार्य, शिशिर थापालगायतले शुभकामना व्यक्त गरेका थिए । प्रधानाध्यापक डम्बर प्याकुरेलले क्लबले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।