झापा । फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनीज ताइपेई विरुद्धको पहिलो हाफमा नेपाल एक शुन्यले अगाडि रहेको छ । ताइपेइमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउदै नेपालले गोल गर्न सफल भयो ।

खेलको सुरुवातमा नै गोल खाएको ताइपेइले खेलमा फर्कन निकै दबाव दिएको थियो । २२ औं मिनेटमा ताइवानको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाएका थिए । त्यसपछि ४१ औं मिनेटमा फेरी ताइपेईको सशक्त प्रहारलाई नेपाली गोलकिपर किरणले नै ब्लक गरेका थिए । त्यसपछि ४३औं मिनेटमा ताइपेईले डिबक्समा अर्को गोलको अवसर सिर्जना गरेको थियो ।

तर पोष्ट नजिकैबाट बाहिरीयो । ४४ औं मिनेटमा नेपालका रवी पासवानको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । काउन्टरमा ताइवानको प्रयासमा नेपालको डिफेन्सले ब्लक गर्यो । त्यसपछि पाएको कर्नरमा फेरी ताइवान टिम चुक्न पुग्यो । यहि प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग सात शुन्यले पराजित भएको थियो ।