दमक । झापाको दमक-३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलबाट आयोजक दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजकले दमक लखनपुर भेट्रान फुटबल क्लबलाई २-० गोलले पराजित गरेको हो ।

चुलाचुली खेलमैदानमा भइरहेको प्रतियोगितामा हिजो पारस कार्की र रुद्र धिमालले गोल गरे । खेलको म्यान अफ दी म्याच आयोजकका दीपेन घिमिरे घोषित भए ।

दमक-३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ । कार्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी छन् । विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक कुमार गिरीले बताए । आज आइतबार फ्यान्स क्लब अफ बीआरसी र सक्रिय युवा क्लब दमक-७ बीच खेल हुनेछ ।