झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थापना गरिएको क्वारेन्टाइनमा कार्यररत एक स्वास्थ्यकर्मीले आफ्नो जन्मदिन क्वारेन्टाइनमै मनाएकी छन् ।

अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा कार्यरत अनमी आश्मा धिमालले बिहीबार आफ्नो जन्मदिन मनाएकी हुन् । उनी अर्जुनधारा ८ निवासी हुन् ।

१८ दिन लामो समय ड्युटीमा रहेकी अनमी धिमालले क्वारेन्टाइनमा रहेका ४० जना, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच आफ्नो जन्मदिन मनाएकी थिइन् । उनले क्वारेन्टाइनमा ३१ दिनसम्म आफ्नो जिम्मेवारी निर्वाह गरेकी छन् ।