झापा । अर्जुनधारा नगरपालिकाले स्कुलमा स्थापना गरेको क्वारेन्टाइन हटाएको छ । नगरको स्वास्थ्य शाखाको व्यवस्थापन समितिले सोमबार साँझ क्वारेन्टाइन हटाएको हो ।

नगरपालिकाले गतवर्षको चैत तेस्रो सातादेखि अर्जुनधारा ८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको प्रांगणमा क्वारेन्टाइन सञ्चालन गरेको थियो । सरकारको पछिल्लो निर्णयअनुसार शैक्षिक क्षेत्रमा स्थापना गरिएका क्वारेन्टाइन अर्को स्थानमा सारिएको हो ।

पुरानाे क्वारेन्टाइन भएकाे स्थान, शनिश्चरे माविकाे भवन…

स्वास्थ्य शाखाका अनुसार अर्जुनधारा ३ खुदुनाबारीस्थित जोरसिमल भन्ने स्थानको टाङटिङ किनारमा निर्माण गरिएको क्वारेन्टाइनमा सारिएको हो । त्यहाँ भर्खरै निर्माण सम्पन्न भएको १५ वटा भवनमा भारतलगायत विदेशबाट आउने व्यक्तिलाई राख्ने व्यवस्था मिलाइएको छ ।

अहिले क्वारेन्टाइनमा ३ महिलासहित २० जना रहेका छन् । हिजोमात्र कोरोना परीक्षण नेगेटिभ आएर १४ जना घर फर्किएका थिए ।

नयाँ सारिएकाे क्वारेन्टाइनः