झापा । झापामा २४ घण्टाभित्र थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन् जीवन चौंलागाइका अनुसार १ जना महिला र ३ जना पुरूषमा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेहरूमा विर्तामोड नगरपालिका वडा न ५ का १ पुरूष, दमक नगरपालिका वडा न ५ र १ का १ जना महिला र १ जना पुरूष र गौरादह नगरपालिका वडा न ६ का १ जना पुरूष रहेका छन् ।
गौरादहको संक्रमितको हाल विपी कोइराला क्यान्सर अस्पताल भरतपुमा उपचार भइरहेको छ । बिर्तामोडका पुरुषको मृत्यु भइसकेको छ । उनको मृत्युपछि मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।
योसंगै झापामा कुल संक्रमितको संख्या ९३५ पुगेको छ । ८३२ जना कोरोनामुक्त भएका छन् भने ९३ जना उपचारारत छन् । झापामा कुल मृतक संख्या १० पुगेको छ ।