काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

उपत्यकामा मात्र २ हजार २८३ जना थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा गौतमले काठमाडौंमा एक हजार ८ सय ८८ , ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् ।

उपत्यकामा आइतबार काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना गरी १४ सय १६ जना संक्रमित देखिएका थिए ।