काठमाडौँ । आज प्रदेश १ एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।