झापा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले आगमी ३ दिनको मौसम सामान्यतया सफा रहेपनि चिसो भने बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल पूूर्वी तराईका केही स्थान साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १, गण्डकी, कर्णाली र सदुरपश्चिमका पहाडी भूू-भागमा आंशिक बदली रहेको छ ।
आज राति देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्नसक्ने र तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चिसो र हुस्सुका कारण सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।