काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ। अहिले मुलुकको धेरै स्थानमा वर्षा भइरहेको छ ।

आज देशभरको मौसम बदली भएर प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भिषण तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध छ ।

काठमाडौं उपत्यकामा पनि वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ दशमलव डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार १८ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार १९ गते (शनिबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २० गते (आइतबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।