काठमाण्डौ । देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।

 

काठमाण्डौसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । मौसम धुम्म भएको छ । तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुलेको हो ।

 

तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस्तै, आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । यी क्षेत्रमा राति पनि हिमपात हुने उहाँले बताउनुभयो ।

 

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाले आज बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो १० दशमलव २ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ८ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।