बिर्तामोड । इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेसन्स बिर्तामोडले अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

 

बढ्दो सामाजिक सञ्जालको विकृति तथा साइबर अपराधलाई मध्यनजर गर्दै वर्ल्ड लिंकले विद्यालयसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम गरेको हो ।

 

उक्त कार्यक्रम बिर्तामोड नगरपालिका २ स्थित वीर अमरसिंह प्राविधिक विद्यालय र बिर्तामोड ५ स्थित कन्काई बोर्डिङ अंग्रेजी हाइस्कूलमा गरिएको बिर्तामोड शाखा प्रमुख प्रेम घिमिरेले बताए ।

 

कार्यक्रममा दुवै विद्यालयका कक्षा ७, ८ र ९ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा इन्टरनेटबाट हुने अपराध, अपराधबाट जोगिने उपाय र इन्टरनेटको सही सदुपयोगलगायतका विषयमा वर्ल्ड लिंक कम्युनिकेसन्सका कर्मचारीहरुले सहजीकरण गरेका थिए ।