बुधबारे । मंगलबार राति आएको जंगली हात्तीको समूहले झापाको बुद्धशान्ति २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवन भत्काएको छ।
गएराति चार-पाँच वटाको समूहमा आएको जंगली हात्तीको हुलले विद्यालय भवन भत्काएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्।
राति करिब ९ बजेतिर आएको जंगली हात्तीले विद्यालय भवनमा क्षति पुर्याएका हुन्। हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काएको भण्डारीले बताए ।