शनिश्चरे । झापाको अर्जुनधारामा गएराति स्थानीयको ग्वाली र घरमा आगलागी हुँदा करिब ९ लाख बराबरको क्षति भएको छ ।

 

राति ११ः४५ बजे अर्जुनधारा १० स्थित कालिझोडाका मछिन्द्र पौडेलको जस्ता र काठले बनेको २ तले ग्वाली घरमा अचानक आगलागी भएको हो ।

 

आगलागीबाट ग्वाली घर र घरभित्र रहेका चामल ५० बोरा (१५ क्विन्टल), चोकर १० बोरा (५ क्विन्टल), खुदी १० बोरा (५ क्विन्टल), धान २० मन (८ क्विन्टल), मुडा बुन्ने धागो, डोरी ४० बोरा र ५ कठ्ठाको पराल जलेर नष्ट हुँदा अन्दाजी ८ लाख ८७ हजारबराबरको क्षति भएको छ ।

 

नेपाल प्रहरी, स्थानीयबासी, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा बिहानको राति १ः१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।