झापा । पछिल्लो समय संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ६० लाख नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टाभित्रमा ८५ हजार चार सय ६८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५९ लाख एक हजार पाँच सय ७१ पुगेको हो । भारतमा कोरोनाका कारण ९३ हजार चार सय १० जनाको मृत्यु भइसकेको छ । एकै दिन एक हजार ९३ जनाले ज्यान गुमाए ।
संक्रमितमध्ये ४८ लाख ४६ हजार एक सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नाौ लाख ६१ हजार नौ सय ९३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा ७२ लाख ३६ हजार एक सय ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ५० हजार नौ सय २० जना नयाँ संक्रमित थपिए । दुई लाख आठ हजार तीन सय ४७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा आठ सय २७ संक्रमितले ज्यान गुमाए ।
संक्रमितमध्ये ४४ लाख ७६ हजार नौ सय ७८ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ५० हजार आठ सय १७ जना उपचाररत रहेकोमा १४ हजार एक सय ६४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा संक्रमित संख्या ४६ लाख ९२ हजार पाँच सय ७९ पुगेको छ । २४ घण्टाभित्रमा ३२ हजार छ सय ७० नयाँ संक्रमित थपिए । एक लाख ४० हजार सात सय नौ जनाको मृत्यु भइसकेको छ । आठ सय २६ जना संक्रमितको मृत्यु २४ घण्टाभित्रमा भएको छ ।
४० लाख ४० हजार नौ सय ४९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । पाँच लाख १० हजार नौ सय २१ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २७ लाख ४३ हजार एक सय तीन पुगेको छ । एकै दिन तीन लाख १४ हजार एक सय ४१ नयाँ संक्रमित थपिए । नौ लाख ९२ हजार आठ सय ६४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा पाँच हजार सात सय २९ जनाले ज्यान गुमाए ।
दुई करोड ४१ लाख ६३ हजार सात सय सात जना उपचारपछि कोरोना जित्दै डिस्चार्ज भएका छन् । ७५ लाख ८६ हजार पाँच सय ३२ जना उपचाररत रहेकोमा ६३ हजार सात सय ४० जनाको स्वास्थ्य अवस्था गम्भीर छ । एजेन्सी