झापा । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ लाख २१ हजार ४१ रहेको छ । सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

उपचाररतमध्ये ६६ हजार ४० जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ । विश्वमा संक्रमण पुष्टि भएका तीन करोड ४१ लाख ४१ हजार सात सय ४० जनामध्ये दुई करोड ५४ लाख दुई हजार छ सय २३ जना उपचारपछि निको भएका छन् ।

१० लाख १८ हजार ७६ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा छ हजार ६७ संक्रमितको ज्यान गयो । एकै दिन विश्वमा तीन लाख सात हजार छ सय १५ नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा सक्रिय संक्रमितको संख्या २५ लाख ४५ हजार एक सय ३९ रहेको छ । ती मध्ये १४ हजार दुई सय नौ जनाको अवस्था चिन्ताजनक छ । ७४ लाख ४५ हजार छ सय ५६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ४६ लाख ८८ हजार आठ सय २९ जना उपचारपछि कोरोना पराजित गर्दै घर फर्किएका छन् । संक्रमितमध्ये दुई लाख ११ हजार छ सय ८८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा नौ सय तीन जना संक्रमितको ज्यान गयो ।

भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ४१ हजार पाँच सय ५२ रहेको छ । सक्रियमध्ये आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब छ । हालसम्म ६३ लाख १० हजार दुई सय ६७ जनामा संक्रमण देखिएकोमा ५२ लाख ७० हजार सात जना सफल उपचारपछि घर फर्किएका छन् ।

एकै दिन भारतमा ८६ हजार सात सय ४८ नयाँ संक्रमित थपिए । हालसम्म संक्रमण पुष्टि भएकामध्ये ९८ हजार सात सय आठ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय ७९ जना संक्रमितले ज्यान गुमाए ।

ब्राजिलमा चार लाख ८९ हजार दुई सय ४८ सक्रिय संक्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ४८ लाख १३ हजार पाँच सय ८६ जनामा संक्रमण पुष्टि भएकोमा ४१ लाख ८० हजार तीन सय ७६ जनाको उपचार सम्भव भएको छ ।

कोरोना संक्रमित एक लाख ४३ हजार नौ सय ६२ जनाको मृत्यु भइसक्यो । ब्राजिलमा एकै दिन नौ सय ५२ जनाले ज्यान गुमाए । एजेन्सी