झापा । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ लाख बढी रहेको छ । हालसम्म तीन करोड ५३ लाख ८५ हजार तीन सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये दुई करोड ६६ लाख आठ हजार सात सय ४४ जना उपचारपछि कोरोना पराजित गर्दै डिस्चार्ज भएका छन् । ७७ लाख ३५ हजार ८८ जना उपचाररत सक्रिय संक्रमितमध्ये ६६ हजार चार सय २१ जनाको अवस्था गम्भीर छ ।

संक्रमितमध्ये १० लाख ४१ हजार पाँच सय १४ जनाको ज्यान गइसकेको छ । एकै दिन तीन हजार नौ सय ८४ जना संक्रमितको मृत्यु भयो । पछिल्लो २४ घण्टाभित्रमा विश्वमा दुई लाख ४५ हजार पाँच सय ७९ जना नयाँ संक्रमित थपिए ।

विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा सक्रिय संक्रमितको संख्या २५ लाख ७५ हजार ९० रहेको छ । सक्रियमध्ये पनि १४ हजार एक सय ९७ जनाको स्वास्थ्य अवस्था खराब छ ।

हालसम्म ७६ लाख ३४ हजार एक सय २५ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ४८ लाख ४४ हजार चार सय ३३ जनाको उपचार सम्भव भयो । अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या दुई लाख १४ हजार छ सय दुई पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ३६ हजार १३ पुगेको छ । सक्रियमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । हालसम्म भारतमा ६६ लाख २२ हजार एक सय ८० जनामा कोरोना देखिइसकेको छ । एकै दिन ७४ हजार सात सय ६७ जना नयाँ संक्रमित थपिए ।

संक्रमितमध्ये ५५ लाख ८३ हजार चार सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोनाका कारण एक लाख दुई हजार सात सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नौ सय दुई जनाको मृत्यु भयो ।

ब्राजिलमा सक्रिय संक्रमितको संख्या पाँच लाख पाँच हजार सात सय छ रहेको छ । सक्रियमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । हालसम्म ४९ लाख १५ हजार दुई सय ८९ जनामा संक्रमण पुष्टि भएकोमा ४२ लाख ६३ हजार दुई सय आठ जनाको उपचार सम्भव भएको छ ।

ब्राजिलमा कोरोना संक्रमित एक लाख ४६ हजार तीन सय ७५ जनाको मृत्यु भइसकेको छ । एकै दिन तीन सय ६४ जनाको ज्यान गएको वाल्डो मिटरले जनाएको छ । एजेन्सी