झापा । झापाको बाह्रदशी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवारहरुले पूरै प्यानल नै जितेका छन् । गुलाफ फूल चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवारहरुले वडाध्यक्षदेखि सदस्यसम्म पाँचवटै पद जितेका हुन् ।

 

स्वतन्त्र उम्मेदवार महताव आलमले ७५२ मत ल्याएर वडाध्यक्ष जितेका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका समिम मियाले ५९१ मत पाएका छन् । त्यस्तै खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार विवेककुमार गणेश ७२० र स्वतन्त्र उम्मेदवार बलबहादुर बानिया ६८५ मत ल्याएर विजयी बनेका हुन् ।

 

यस्तै, महिला सदस्यमा स्वतन्त्र उम्मेदवार कल्पना श्रेष्ठ ७५२ र दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सुमित्रादेवी मोचीले ७३५ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसले गठबन्धन गरी माओवादीलाई सो वडा दिएपछि कांग्रेसकै आकांक्षीहरु स्वतन्त्र प्यानल बनाएर उम्मेद्वारी दिएका थिए ।