बिर्तामोड । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय जनमुक्ति पार्टीले झापाको पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि झापामा प्रतिनिधि सभाका लागि पाँचसहित प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र रहेका छन् ।
जसका लागि जनमुक्ति पार्टीले प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि ८ निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिएको अर्जुनधारा नगर अध्यक्ष राज खालिङले जानकारी दिए । पार्टी स्रोतका अनुसार झापा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि चित्रहाङ जबेगुले उममेद्वारी दिएका छन् । प्रदेश सभातर्फ १ (२) मा नन्दकुमार इधिङ्गोको उम्मेद्वारी परेको छ ।
क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका लागि प्रशुराम मगरको उम्मेद्वारी परेको छ भने प्रदेश सभा १ (१) मा पार्वता माङ्मु र २ (२) मा विजय इङनामले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ गजेन्द्र आङबुहाङ उम्मेद्वार छन् भने प्रदेश सभा १ (२) मा सेकेन्द्र राजवंशीको उम्मेद्वारी रहेको छ ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि विनोद ताप्मादेन उम्मेद्वार छन् भने प्रदेश सभातर्फ १ (१) मा संगीता नेम्बाङ र १ (२) मानु साम्मेखामको उम्मेद्वारी परेको छ ।
यस्तै, क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ पदम जबेगुको उम्मेद्वारी परेको छ भने प्रदेश सभा १ (१) मा उदय चाम्लिङ राई र १ (२) मा कैलाश थापामगरले उम्मेद्वारी दिएका छन् ।
उक्त पार्टीले क्षेत्र नम्बर १ को प्रदेश १ (१) र क्षेत्र नम्बर ३ को प्रदेशतर्फ १ (१)मा उम्मेद्वारी दिएको छैन । राष्ट्रिय जनमुक्ति पार्टी पहिचानवादी पार्टीको रुपमा परिचित छ ।