झापा । नेपालको घरेलु फुटबलमा आफूलाई परिचित बनाइसकेका झापा बिर्तामोडका युवा फरवार्ड आशिष चापागाईले भुटानको शीर्ष लिग ‘भुटान प्रिमियर लिग’ खेल्ने भएका छन् ।

 

बिर्तामोड युनाइटेड एफसीका कप्तान आशिषलाई फुङ्सोलिङ हिरोज फुटबल क्लबले जारी सिजनका लागि अनुवन्ध गरेको हो । भुटानतर्फ प्रस्थान गर्न लागेका आशिषलाई बिर्तामोड युनाइटेड एफसीले एक कार्यक्रमका बीच विदाई गरेको छ ।

 

आशिषले गत सिजन नेपालको शीर्ष लिग चर्च ब्वाईज युनाइटेडका लागि खेल्दै लिग उपाधिसमेत जितेका थिए । स्मरण रहोस्, फुङ्सोलिङ हिरोजले केही दिन अघिमात्र नेपालका अनुभवी र युवा प्रशिक्षक सुमन श्रेष्ठलाई आफ्नो मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।