झापा । अमेरिकाबाट निष्काशित भएर अवैधरुपमा नेपाल प्रवेश गरेका तीन जना पूर्व भुटानी शरणार्थी झापामा पक्राउ परेका छन् ।

 

हिजो दमक ३ स्थित बेलडाँगी शिविरमा आइपुगेका उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा यसअघि बेलडाँगी शिविर बसेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेका छन् ।

 

अमेरिकाबाट भुटान डिपोर्ट गरिएका ती तीन जना पूर्व भुटानी शरणार्थीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । अमेरिकाबाट १० जना पूर्व भुटानी शरणार्थी डिपोर्ट भएका थिए । डिपोर्ट भएका १० जनालाई भुटानले पारो विमानस्थलमा स्वागत गरी जयगाउँहुँदै भारतको पानीट्यांकीमा ल्याएर छाडेको थियो।

 

त्यहाँबाट तीन जना अनधिकृतरूपमा नेपाल छिरेका थिए। भुटानले उनीहरूलाई नागरिकताको आधारमा स्वीकृति नदिई देश छाड्न निर्देशन दिएपछि उनीहरू नेपाल आएका थिए । प्रहरीले अवैध शरणार्थीहरूको आवागमन र बसोबासको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।