दमक । झापाको दमक नगरपालिका ३ मा निर्मित १८ तले ‘दमक भ्यूटावर’ भोलि (बिहिबार)देखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

 

शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक ३ दापगाछीस्थित दमक भ्यूटावर (दमक व्यापारिक कम्प्लेक्स) भोलिदेखि सर्वसाधारणको लागि सशुल्क प्रवेश तथा अवलोकन खुला गरिने जनाएको छ ।

 

सो भ्यूटावर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म परिसर खुला गरिने भएको छ । भ्यूटावर अवलोकन गरेको शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तोकिएको छ । त्यस्तै पार्किङ शुल्क हलुका सवारीका लागि २५, बसका लागि ५० र मोटरसाइकलको लागि १० रुपैयाँ तोकिएको छ ।