काठमाडोँ (एजेन्सी) । बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका छन् ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि पनि ठूलो खतरा हुनसक्छ ।

प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहेका डोमिनिक राबले सरकारले अत्यधिक महत्वपूर्ण पाँच बुँदामा सुनिश्चित नभएसम्म लकडाउन नखोल्ने जानकारी दिएका छन् ।