शंकर अस्पतालद्वारा मास्क वितरण, वैशाखभर निःशूल्क ओपीडी
शनिश्चरे । झापाको अर्जुनधारा ७ मा रहेको शंकर अस्पतालले शनिबार शनिश्चरे बजारमा निःशूल्क मास्क वितरण गरेको छ । झापाकै पुरानो बजार शनिश्चरे बजारमा लाग्ने साप्ताहिक हाटमा मास्क नलगाइ आउने व्यक्तिलाई अस्पतालले मास्क वितरण गर्नुका साथै सेनिटाइजर उपलब्ध गराएको थियो । ...