जेनजी प्रदर्शनमा मृतकको संख्या १६ पुग्यो

न्यूज सञ्जाल २३ भाद्र २०८२, सोमबार १८:०४

काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो ।   ट्रमा ...

माओवादीका युवा नेता सञ्चार नेम्बाङको निधन

न्यूज सञ्जाल १८ भाद्र २०८२, बुधबार १९:४०

झापा । नेकपा माओवादी केन्द्रका युवा नेता मोहन नेम्बाङको बुधबार दिउँसो निधन भएको छ । उनी पार्टीवृत्तमा सञ्चार उपनामले चिनिएका थिए ।   काठमाडौँको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उपचाररत ४५ वर्षीय नेम्बाङको निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या रहेको ...

झापामा एक सय ग्राम ब्राउन सुगरसहित अजय र टान्टु पक्राउ

न्यूज सञ्जाल ११ भाद्र २०८२, बुधबार १९:२२

झापा । झापाबाट इलामतर्फ लाँदै गरेको एक सय ग्रामभन्दा बढी प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित मेचीनगरमा दुईजना पक्राउ परेका छन् ।   बुधबार दिउँसो १२ः३० बजे मेचीनगर ८ गिरीगाउँमा इँटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेको मे. ११ प ४२३३ नम्बरको मोटरसाइकलका चालक मेचीनगर ...

बिरिङ पुलमा दुर्घटनाः शिवसताक्षीका नवराज बाँस्कोटाको मृत्यु

न्यूज सञ्जाल ११ भाद्र २०८२, बुधबार ०८:२४

झापा । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ पुलमा मंगलबार राति दुईवटा सवारी साधन एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।   राति ८ः४० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका ७ का ...

झापामा अलकत्राको ट्यांकर जल्दा एकजना घाइते, २० लाखको क्षति

न्यूज सञ्जाल १० भाद्र २०८२, मंगलवार ०८:५५

झापा । मेचीनगर ९ धुलाबारीस्थित भित्री सडक खण्डमा बाटो पिच गर्ने क्रममा भएको आगलागीमा परेर एक जना सख्त घाइते भएका छन् ।   निर्माण कार्यमा खटिएका सिरहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका ६ का उमेशकुमार राय आगो निभाउने क्रममा घाइते भएका ...

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

न्यूज सञ्जाल ७ भाद्र २०८२, शनिबार ०८:१९

झापा । हरेक वर्ष भदौ कृष्णऔँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् ।   शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको ...

इलामको कोल्ड स्टोर १४ वर्षदेखि प्रयोगविहीन

न्यूज सञ्जाल ७ भाद्र २०८२, शनिबार ०८:१०

इलाम । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ (कोल्ड स्टोर) विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका ९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो कोल्ड स्टोर प्रयोगविहीन बनेको हो ।   कोल्ड स्टोर सञ्चालन गर्न सकिएमा यहाँ उत्पादिन ...

शिवसताक्षीको डाइभर्सनमा बस दुर्घटना हुँदा ११ जना घाइते

न्यूज सञ्जाल ६ भाद्र २०८२, शुक्रबार १८:३८

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।   आज दिउँसो २ः५५ बजे शिवसताक्षी १० किरात चौकस्थित निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा कुन्जिबारीबाट काँकरभिट्टातर्फ आउँदैं गरेको मे. १ ख २७७३ नम्बरको ...

सारीको पिङ खेल्दा अर्जुनधारामा बालकको मृत्यु

न्यूज सञ्जाल ५ भाद्र २०८२, बिहीबार १९:००

बिर्तामोड । सारीको पिङ बनाएर खेल्दै गर्दा झुन्डिएर अर्जुनधारामा एक बालकको मृत्यु भएको छ ।   आज साँझ ४ः४५ बजे अर्जुनधारा ६ पुष्पलाल चौक बस्ने नेत्रप्रसाद सिवाका छोरा १० वर्षीय प्रदीप सिवा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक ...

चिसाङ खोलाले बगाउँदा लेटाङका दुई बृद्धको मृत्यु

न्यूज सञ्जाल ५ भाद्र २०८२, बिहीबार ०९:३५

मोरङ । लेटाङमा चिसाङ खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । लेटाङ १ अँधेरी अमलबोटेका ७० वर्षीय बुद्धवीर तामाङ र लेटाङ २ का ५५ वर्षीय टिंके तामाङलाई चिसाङ खोलाले बगाएको हो ।   हिजो साँझ करिब ५ बजेतिर लेटाङ १ ...

1 25 26 27 28 29 746
×