हचुमासा वनको आवास कार्यक्रम, विपन्नलाई वरदान !
सिस्ने, झापा । नयाँ घरको सिकुवामा ओछ्यान परेका एक बृद्ध दायाँ–बायाँ टोलाइरहेका थिए । बालुवा पन्छाएर बनाइएको आँगनमा नचिनेका धेरै मान्छेको आउजाउ थियो । घरिघरि पुरानो घरलाई पनि नियाल्थे, सन्तमान राई । पुरानो घरबाट नयाँ घरमा आउन पाउँदा सायद खुसी थिए ...