fbpx

सिम्रिक साकोसद्वारा २ पत्रकारसहित ७ जना सम्मानित

न्यूज सञ्जाल २० आश्विन २०८०, शनिबार १९:३१

बिर्तामोड । झापा बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दुई जना पत्रकारसहित सात जनालाई सम्मान गरेको छ । संस्थाले १३औं वार्षिक साधारणसभाअन्तरगत मुल माइन्यूट प्रमाणित सभाका अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।   पत्रकार लक्ष्मी उप्रेती र युवराज विवश ...

शनिश्चरेको सब्जी बजार व्यवस्थित गरिँदै

न्यूज सञ्जाल १८ आश्विन २०८०, बिहीबार १९:०१

अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरेमा रहेको सब्जी बजार व्यवस्थित गरिँदै छ । अर्जुनधारा नगरपालिकाको बजार सौन्दर्यकरण गर्ने योजनाअनुसार सब्जी बजारलाई व्यवस्थित गर्न थालिएको हो ।   वर्षौंदेखि पुरानो सुर्ती हट्टीमा लाग्दै आएको अव्यवस्थित बजारलाई सौन्दर्यकरणसँगै एकरुपता दिन थालिएको अर्जुनधारा ...

दसैँको मुखमा अर्जुनधारा ८ नम्बर वडा कार्यालयले बाँड्यो इन्डक्सन चुल्हो

न्यूज सञ्जाल १६ आश्विन २०८०, मंगलवार १८:११

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले विद्युतीय चुल्हो (इन्डक्सन) वडाबासीलाई वितरण गरेको छ । दसैँको मुखमा इन्डक्सन चुल्हो वडा कार्यालयले वितरण गरेपछि वडाबासी हर्षित छन् ।   नगरपालिकाले उपलब्ध गराएको २९ वटा र वडा कार्यालयकै बजेटबाट खरिद ...

मेचीनगरबाट चार लाखबढीको कस्मेटिक बरामद

न्यूज सञ्जाल १६ आश्विन २०८०, मंगलवार १७:४५

झापा । भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको चार लाख रुपैयाँभन्दा बढीको कस्मेटिक सामान प्रहरीले बरामद गरेको छ ।   इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर नगरपालिका १५ स्थित विचार्नीमा उक्त मूल्यबराबरको कस्मेटिक सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ...

अर्जुनधारामा नापतौल डोर सञ्चालन

न्यूज सञ्जाल १५ आश्विन २०८०, सोमबार १६:५७

शनिश्चरे । गुणस्तर तथा नापतौल कार्यालय झापाले अर्जुनधारा क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारी तथा व्यवसायीहरुका लागि सोमबारदेखि नापतौल डोर सञ्चालन गरेको छ । अर्जुनधारा बाणिज्य उद्योग संघ शनिश्चरेको आयोजनामा अर्जुनधाराका तीन स्थानमा कार्यालयले तीनदिने नापतौल डोर सञ्चालन गरेको हो । ...

ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्ने

न्यूज सञ्जाल १४ आश्विन २०८०, आईतवार १६:२९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएको छ ...

ग्यासको मूल्यमा २१५ रुपैयाँले वृद्धि

न्यूज सञ्जाल १३ आश्विन २०८०, शनिबार २२:०७

झापा । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो ।   यस्तै, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ । मूल्यवृद्धिसँगै एक ...

दमकबाट ६ टन अस्वस्थ माछा बरामद

न्यूज सञ्जाल ८ आश्विन २०८०, सोमबार १८:४३

दमक । झापाको दमकमा धेरै चलेको अम्बिका माछा फ्राइमा दमक नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेर ६ टन अस्वस्थ माछा बरामद गरेको छ ।   दमक नगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाईका अनुसार अति नै फोहोर तवरले डिफ्रिजमा ...

बेसारमा खुदी र रंग मिसावट गर्नेलाई जरिवाना

न्यूज सञ्जाल ७ आश्विन २०८०, आईतवार ०८:४१

सुनसरी । अर्गानिक बेसारको नाममा खुदीको पिठो र रङ मिसाएर बजारमा लैजाने तयारी भइरहेका बेला धरानका मिल सञ्चालक दम्पती र धनकुटाको साँगुरीगढीका एक जनालाई खाद्य अनुगमन टोलीले रंगेहात फेला पारेको छ ।   टोलीले धरान ११ विष्णु चोकस्थित चण्डेश्वरी कुटानी ...

भाट भटेनी बिर्तामोडको छुट यथावत

न्यूज सञ्जाल ६ आश्विन २०८०, शनिबार १८:२७

बिर्तामोड । आफ्नो २६औँ स्टोरका रुपमा पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरले विशेष छुटको अफरलाई यथावत राखेको जनाएको छ ।   झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको भन्दै भाट भटेनीले छुटको अफरलाई यथावत ...

1 4 5 6 7 8 162
×