आगजनीपछि अर्जुनधारामा सबै वडाको सेवा नगरबाटै
शनिश्चरे । जेनजीको आन्दोलन र प्रदर्शनका क्रममा झापाको अर्जुनधारा नगरपालिकाको कार्यालय भवन र वडा कार्यालयहरुमा आगजनी तथा तोडफोड भएपछि अत्यावश्यक सेवा नगरको सभाहलबाट हुने भएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नगरका सबै वडाको सेवा नगरपालिकाबाटै प्रवाह गर्ने ...