फिदिम । डिएफए मोरङ यहाँ जारी तेस्रो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको मैदानमा सोमबार भएको खेलमा आयोजक पाँचथर एफसीलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङले सेमिफाइनल यात्रा तय गरेको हो । ताप्लेजुङलाई यसअघि फराकिलो नतिजाबाट पाखा लगाएको मोरङका लागि विदेशी खेलाडी अरमानले व्यक्तिगत दुई गोल गरे ।

खेलको १४औँ मिनेटमा अफ्रिकन खेलाडी आरमान भेदुमले गोल गरेर खाता खोलेका थिए भने १६औँ मिनेटमा हेमन्त थापामगरले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर फेरि आरमानले गोल गर्दै नतिजा फराकिलो बनाउन सफल भए ।

खेलको म्यान अफ दी म्याच मोरङका हेमन्त थापामगर घोषितहुँदै नगद पाँच हजार पाउन सफल भए । भोलि (मंगलबार)को खेल बिर्तामोड युनाइटेड झापाविरुद्ध भारतको दार्जीलिङ एफसीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद चार लाख पाउनेछ ।