झापा । लागूऔषधको ट्रान्जिट पोइन्ट बनेको काँकडभिट्टाबाट काठमाण्डौका दुई युवा प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

 

हिजो दिउँसो ३ः३० बजे मेचीनगर ६ पुरानो मेची पुलमा प्लाष्टिकसहित १५ ग्राम १०० मिलिग्राम र प्लाष्टिकबाहेक १२ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित काठमाण्डौ २५ असन चोकका ४० वर्षीय अजय चित्रकार र काठमाण्डौं २३ ओमबाहलका ३७ वर्षीय सुशिल मानन्धर पक्राउ परेका हुन् ।

 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्यूरो ईकाई कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी रिक्सामार्फत आउँदै गरेका दुवैलाई लागूऔषध ओसारपसार गरिरहेको शंका लागेर चेकजाँच गरेको थियो । अजय चित्रकारले लुकाई छिपाई लागूऔषध ल्याएका थिए ।

 

दुबैलाई नियन्त्रणमा लिई इप्रका काँकरभिट्टामा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।