झापा । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरी चल्ने जानकारी दिएको हो ।

 

हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । विभागका अनुसार आज हावाहुरीबाट प्रभावित हुने जिल्लाहरु यी हुन्–

 

कोशी प्रदेशको झापा र मोरङसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको छ । मधेश प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला, बागमती प्रदेशको मकवानपुर र चितवनसहित आसपासका जिल्लामा हावाहुरी आउने विभागले जनाएको छ ।

 

यसैगरी, गण्डकी प्रदेशको नवलपुर र तनहुँसहित आसपासका जिल्ला र लुम्बिनी प्रदेशको रुपन्देहीसहित आसपासका जिल्लामा हावाहुरी चल्ने भएको सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।