झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा मंगलबार बेलुकी ६ बजेदेखि बन्द ४८ घण्टाका लागि बन्द गरिएको छ ।

भारतको सिमावर्ती क्षेत्रमा लोकसेवाको निर्वाचन हुने भएकाले काँकरभिट्टालगायतका सिमावर्ती इलाकामा नाका बन्द गरिएको हो । लोकसेवा निर्वाचनको मतदान हुनु ४८ घण्टा अघि नेपाल भारत सिमाना बन्द गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी महेश थापाले जानकारी दिए।

अप्रिल १८ तारिक अर्थात बैशाख ५ गते भारतको पश्चिम बंगाल स्थित नेपालसंग सिमाना जोडिएका पानीट्याङ्की, नक्सलबारी लगायत क्षेत्रमा लोकसेवा सदस्य निर्वाचनको मतदान हुने भएकाले निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर भारतिय पक्षले मंगलबार बेलुका ६ बजेदेखी बिहिबार बेलुका ६ बजेसम्मका लागि सिमा नाका बन्द गर्ने मौखिक जानकारी गराईसकेको र पत्र आउने प्रक्रियामा रहेको डिएसपी थापाले बताए ।

सिमा नाका बन्द भएको अवस्थामा कुनै पनि सवारी साधन र मानिस ओहोर दोहोर गर्न नपाइने प्रहरीले जनाएको छ । नेपाल वा भारतमा निर्वाचनका बेला मतदानको दिनभन्दा ४८ घण्टा अगाडी बिगत देखी नै सिमा नाका बन्द गरिदैं आएको छ ।