झापा । एएफसी कपको समुह चरणमा नेपालको लिग च्याम्पियन क्लव मनाङले पहिलो अंक जोडेको छ ।

भारतको मिर्नभा क्लवसँग दुई दुई गोलको बराबरी खेलेपछि मनाङले पहिलो अंक जोडेको हो ।भारतको भुवनेश्वरमा भएको समुह चरणको तेस्रो खेलमा मनाङले अंक जोड्न सफल भयो । त्यसो त मनाङले दुई पटकको अग्रतालाई बराबरी गरेको हो ।

खेलको आठौं मिनेटमा श्रेयसको गोल मार्फत मिर्नभाले अग्रता बनाएको थियो । तर ६० औं मिनेटमा अभिशेख रिजालले गोल गर्दै खेल बराबरी गर्न सफल भए ।

तर ८५ औं मिनेटमा मिर्नभाले पेनाल्टी मार्फत फेरी खेलमा अग्रता बनायो ।तर खेलको अन्तिममा मनाङका एडिजेलाले गोल गर्दै खेल बराबरी गर्न सफल भए । जसका कारण लगातार दुई खेल हारेको मनाङले पहिलो अंक जोड्न सफल भयो ।