धनकुटा । झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक धनकुटा एफसीमाथि गोल वर्षा गर्दै बिर्तामोडले सेमिफाइनल यात्रा तय गरेको हो । बिर्तामोडले धनकुटालाई ७–० गोलले पराजित गर्यो । जसमा विकेश लिम्बूले ह्याट्रिक पूरा गरे ।
खेलको ३७, ५६ र ८७ मिनेटमा गोल गर्दै विकेश लिम्बूले ह्याट्रिक पूरा गरेका हुन् । त्यस्तै, मनिष थापाले ९ र ९२, एञ्जल गुरुङले ६२ र राजकुमार कन्दङ्वाले ९१औँ मिनेट गोल गरेर फराकिलो जीत दर्ता गरेका हुन् ।
खेलको म्यान अफ दी म्याच बिर्तामोडका विकेश लिम्बू घोषित भए । उनले नगद ५ हजार पाए । गोल्डकपको विजेताले नगद चार लाख पाउनेछ ।