झापा । इकोम मिस एसईई प्रदेश १ का सहभागीहरुलाई सडक सुरक्षासम्बन्धी तालिम दिइएको छ ।

जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण आचार्यसहितको टोलीले ३४ जना सहभागीलाई तालिम प्रदान गरेको हो ।

प्रहरी निरीक्षक आचार्यले सडक दुर्घटनाको कारण, सडक सुरक्षा, ट्राफिक नियम तथा चिन्हको बारेमा जानकारी गराउनुभएको थियो । मिस एसईईका सहाभागीले बिर्तामोडको मुक्तिचौकमा ट्राफिक प्रहरीको सहकार्यमा सर्वसाधारणलाई ट्राफिक सचेतना समेत प्रदान गरे ।

ड्रिम्स वल्र्ड इन्टरटेण्मेन्टको आयोजनामा भइरहेको प्रतियोगिताको यही जेठ २० गते ग्राण्ड फिनाले हुँदैछ । प्रतियोगितामा प्रदेश १ बाट हालै एसईई परीक्षा दिएका ३४ प्रतिस्पर्धीको सहभागिता रहेको संस्थाका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिनुभयो ।