झापा । पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा ज्यान गुमाउने संक्रमितको संख्या एक लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्रमा एक हजार ९६ संक्रमितको ज्यान गएसँगै हालसम्म मृत्यु हुनेको संख्या ९९ हजार आठ सय चार पुगेको हो । भारतमा हालसम्म ६३ लाख ९१ हजार नौ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ८१ हजार छ सय ९३ जना नयाँ संक्रमित थपिए ।

संक्रमितमध्ये ५३ लाख ४८ हजार छ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ४३ हजार पाँच सय तीन जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

हालसम्म विश्मै सबैभन्दा बढी संक्रमित भेटिएको मुलुक अमेरिकामा कोरोना पुष्टि भएका दुई लाख १२ हजार छ सय ५० जनाको ज्यान गइसकेको छ । एकै दिन नौ सय १० जनाको मृत्यु भयो । ७४ लाख ९४ हजार ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । २४ घण्टाभित्रमा ४६ हजार आठ सय दुई जना नयाँ बिरामी थपिए ।

४७ लाख ३१ हजार दुई सय ४० संक्रमित उपचारपछि घर फर्किएका छन् । २५ लाख ५० हजार एक सय ९४ जना उपचाररत रहेकोमा १४ हजार एक सय ९४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा हालसम्म कोरोनाका कारण एक लाख ४४ हजार सात सय ६७ जनाको मृत्यु भइसकेको छ । एकै दिन आठ सय पाँच जना संक्रमितले ज्यान गुमाए । हालसम्म ४८ लाख ४९ हजार दुई सय २९ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा ३५ हजार छ सय ४३ जना नयाँ बिरामी थपिए ।

संक्रमण पुष्टि भएकामध्ये ४२ लाख १२ हजार सात सय ७२ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ९१ हजार छ सय ९० जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख २३ हजार छ सय ८१ पुगिसकेको वाल्डो मिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार चार सय ६९ जनाले ज्यान गुमाए ।

तीन करोड ४४ लाख ६३ हजार नौ सय १७ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन तीन लाख १३ हजार तीन सय ५६ जना नयाँ संक्रमित थपिए ।

संक्रमण पुष्टि भएकामध्ये दुई करोड ५६ लाख ४७ हजार छ सय सात जना उपचारपछि घर फर्किएका छन् । ७७ लाख ९२ हजार छ सय २९ जना उपचाररत रहेकोमा ६६ हजार ८४ जनाको अवस्था चिन्ताजनक छ । एजेन्सी