बिर्तामोड । झापा बिर्तामोडका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिक्षासेवी सनत ओली रहेका छन् ।

गएराति ११ बजे काठमाडौको हेम्स हस्पिटलमा ६७ वर्षिय ओलीको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ । बिगत तीन सातादेखि कोरोनाका कारण बिरामी परेका ओलीलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा राखेर उपचार गरिएको थियो।

त्यहाँ सम्भव नभएपछि काठमाडौँ लगिएको हो । बुद्धशान्ति गाउँपालिका जयपुर निवासी ओली केही वर्षदेखि बिर्तामोड ५ मा बस्दै आएका थिए । लामो समय शिक्षण सेवामा रहेका ओली आदर्श माध्यमिक विद्यालय जयपुरका पूर्व प्रधानाध्यापक हुन् ।

उनी ओली बंश समन्वय समितिका केन्द्रीय महासचिव समेत रहेका थिए ।