बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार अनिल वाग्ले भारी मतान्तरले विजयी भएका छन् । ६९३ मत अन्तरले वाग्ले विजयी हुँदा नेकपा एमाले उम्मेद्वारको प्यानलै विजयी भएको हो ।

 

वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका थिए । राप्रप्राका गिरीराज दङ्गालले भने ७५१ मत प्राप्त गरेका थिए ।

 

वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादक हुन् ।

 

वडाध्यक्षमा वाग्लेसँगै महिला सदस्यमा तुलसा खतिवडा रेग्मी १७२२, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा १६५९, खुल्ला सदस्यमा मोहनकुमार राई १३६० र लक्ष्मीप्रसाद कँडेल १४२१ मतसहित विजयी भएका छन् ।