शनिश्चरे । झापा निर्वाचन क्षेत्र नम्बर २ का दुवै प्रदेशसभामा नेकपा एमाले उममेद्वार विजयी भएका छन् । झापा २ (१) मा एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । यस्तै, २ (२)मा चिन्तन पाठक निर्वाचित भए ।

 

कार्कीले १२ हजार ६३० मतान्तरले निर्वाचित बनेका हुन् । उनले १८ हजार ७३१ मत ल्याउँदा उनका प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्प पोखरेलले ६ हजार १०१ मत ल्याएका छन् । अन्तिम मत परिणाम आइसके पनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी रहेको छ ।

 

मतगणना सकिसकेको बताउँदै निर्वाचन अधिकृत केशवप्रसाद पन्तले केहीबेरमा विजयी उम्मेदवार घोषणा गर्ने जानकारी दिएका छन् । कार्की यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सांसद निर्वाचित भएका थिए । त्यस्तै हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेलले ३ हजार २४२ मत ल्याई तेस्रो स्थान हासिल गरेका छन् ।

 

झापा २ (२) मा निर्वाचित कार्की पार्टीका प्रदेश कमिटी सचिव हुन् । राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका पाठकले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तरले पराजित गरेका हुन् । मैनाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए ।

 

पाठकले २० हजार १ सय ८४ मत प्राप्त गरेका छन् भने मैनाली १६ हजार ३ सय ४४ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार अनिरुद्र तिम्सिनाले २ हजार ६१४ मत ल्याएका छन् ।पराजित मैनाली कांग्रेस क्षेत्रीय सभापति हुन् ।

 

 

पाठक २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा उठेका थिए । त्यसबेला उनलाई काँग्रेसका रमेश भुजेलले पराजित गरेका थिए ।