मेचीनगर । झापा १ (१) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार गोपाल तामाङ अत्यधिक मतका साथ विजयी भएका छन् ।
एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मतमात्र प्राप्त गरे । कुल ४८ हजार ७९९ मतमध्ये तामाङलाई करिब ५० प्रतिशत मत प्राप्त भएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि जीतकाे नजिक पुगेका छन् । पछिल्लाे मत परिणामअनुसार शर्माले ३९ हजार ६२४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नी खरेलले २५ हजार ३४९ मत पाएका छन् ।