शनिश्चरे । झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका २ स्थित गाँजाबारीमा घर भएका बुढाथोकीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

 

४१ वर्षीय बुढाथोकीको गएको भदौ १५ गते शनिबार सवारी दुर्घटनामा परी मृत्यु भएको जनाइएको छ । शनिबार बेलुका ड्युटीबाट फर्कदैँ गर्दा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिएको थियो ।

 

राति करिब १०ः४० बजे भएको दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बुढाथोकी करिब २ वर्षअघि मलेसिया रोजगारीको सिलसिलामा पुगेका थिए ।

 

उनको शव नेपाल ल्याउन पहल भइरहेको परिवारले जनाएको छ । परिवारका एक्लो छोरा गोपालका बुवाआमा, श्रीमती, एक छोरा एक छोरी रहेका छन् ।