भद्रपुर । सशस्त्र प्रहरीले ९ वटा आइफोन मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज १ जानकी चौक बस्ने अन्दाजी २८ वर्षीय इस्त्राफिल रहेका छन् ।
शनिबार दिउँसो १ः३० बजे झापा गाउँपालिका ४ सुकुम्वासी टोलस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल (बिओपी) पन्थापाडाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक इस्त्राफिलको साथबाट अन्दाजी मूल्य ९ लाख रुपैयाँ पर्ने ९ थान सेकेन्ड हेण्ड आइफोन मोबाइल फेला पारेको हो ।
मोटरसाइकल र बरामद सामानसहित इस्त्राफिललाई भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज बिष्टले जानकारी दिए ।