झापा । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ २० पैसा र बिक्रीदर १३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो ।

 

युरोपियन युरो एकको खरिदर १४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रूपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपैयाँ २६ पैसा र बिक्रीदर १७२ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिदर १५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।

 

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०१ रूपैयाँ ७४ पैसा र बिक्रीदर १०२ रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।