झापा । जारी साफ यू-२० महिला च्याम्पिनसिप खेलतर्फ नेपालकी सिमरन राई र बंगलादेशकी सगोरिकालाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले तीन खेल खेल्न प्रतिबन्ध लगाएको छ ।
बंगलादेशी मिडिया डेली सनका अनुसार नेपालकी सिमरन र बंगलादेशकी सगोरिकालाई साफले आवश्यक छानविनपछि तीन खेलको प्रतिबन्धसँगै जनही ५००-५०० डलर जरिवाना गरेको छ ।
यो प्रतिबन्धसँगै अब यी दुई खेलाडी लिग चरणको अन्तिम खेलमा मात्र आआफ्नो टोलीका लागि उपलब्ध हुनेछन् । रोचक कुरा त, लिग चरणको अन्तिम खेल २१ जुलाईका दिन हुनेछ र फेरि बंगलादेश र नेपाल नै भिड्ने तालिका रहेको छ ।
जारी साफ यू-२० महिला च्याम्पियनसिको १३ जुलाईका दिन भएको पहिलो लेगमा नेपाल र बंगलादेशबीचको खेलका क्रममा सिमरन र सगोरिका हात हालाहालको स्थितिमा उत्रिएका थिए ।
दोस्रो हाफको ५६औं मिनेटमा सिमरन र सगोरिकालाई भुटानी रेफ्री छिरिङ याङ्खेले सोझै रातो कार्ड देखाएकी थिईन् । सो खेलमा बंगलदेशसँग नेपाल ३-२ ले पराजित हुन पुगेको थियो ।