सुनसरी । सुनसरीमा आज थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा २ महिला ५ पुरुषसहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिलासहित ९ जना रहेका छन् ।

इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपले बताएका छन् ।

केही दिनअघि उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको क्लोजमा रहेकाहरू कनट्र्याक्ट ट्रेसिङको क्रममा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १२५५ पुगेको छ ।अहिलेसम्म सुनसरीमा ५९१ जना डिस्चार्ज भए भने ७ जनाको मृत्यु भएको जिल्लामा ६५७ जना सक्रिय संक्रमित रहेका छन् ।