झापा । आज बिर्तामोड नगर क्षेत्रका थप तीन जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमा एक जना भारतबाट आएकी र अन्य दुई जना स्थानीय रहेका छन् । बिर्तामोड नगरपालिका वडा नं. २, ५ र ६ का २५, ३१ र ५४ वर्षीया तीन जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ७८७ जना पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।